Friday, November 16, 2018

डि एस एग्रो इन्ड्रस्ट्रीज - धनकुटा


कफी दिवसको शुभ अवसरमा सम्पूर्ण नेपाली कफी उत्पादक किसान दाजु भाई तथा दिदि बहिनी हरुमा हार्दिक शभकामना |

आज १४ औ कफी दिवस
===============
आज २०७५ मङ्सिर १ गते १४औँ संस्करण को कफी दिवस |नेपाल कफी पर्याप्त उत्पादन र निर्यातको ठूलो सम्भावना बोकेका देश हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाए अनुसार नेपालभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको जनाएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि हाल करीब चार प्रतिशत क्षेत्रमा मात्र कफी उत्पादन भइरहेको देखिन्छ । हाल कफीको कूल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ ।
नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ | तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रु नौ करोड ३७ लाख बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु ६ करोड ५९ लाख बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको देखिन्छ |
गत वर्षको तुलनामा कफीको आयात करीब ६४ प्रतिशतले बढेको छ भने निर्यात करीब ११ प्रतिशतले घटेको छ | यसको मतलब नेपाली कफी नेपाली बजार मै खपत भै राखेको मान्न सकिन्छ |नेपाली कफी विभिन्न १० कम्पनीले नेपाली कफी ब्रान्डिङ गरेर बिक्री गर्दै आईरहेको छ ।
नेपालमा पहिलो पटक १९९५ सालमा एक सन्यासी हीरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा गुल्मीको आँपचौरमा लगाइएको थियो । त्यसयता विकसित हुँदै गएको कफीखेती विस्तार हुँदै यसले व्यावसायिक रुप लिँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोन क्षेत्रको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ ।










































कफी दिवसको आजको दिनको शुभ अवसर सम्पूर्ण नेपाली कफी उत्पादक किसान दाजु भाई तथा दिदि बहिनी हरुमा हार्दिक शभकामना |
l8NnLZj/ bgf{n
k|d'vsf] – l8=P;=Pu|f] O{08li6«h धनकुटा 

आज २०७५ मङ्सिर १ गते १४औँ संस्करण को कफी दिवस |





धनकुटामा कफी खेती को सम्भावना र अवस्था

डि एस एग्रो इड्र्स्ट्रीज धनकुटा ले कफी ब्यबसाय लाई ब्यबस्थित गर्ने सन्धर्वमा कफिका बेर्ना तयार गरेको छ । कारीब १ लाख बिरुवा उत्पादन को चराण...