Tuesday, July 9, 2019

धनकुटामा कफी खेती को सम्भावना र अवस्था

डि एस एग्रो इड्र्स्ट्रीज धनकुटा ले कफी ब्यबसाय लाई ब्यबस्थित गर्ने सन्धर्वमा कफिका बेर्ना तयार गरेको छ । कारीब १ लाख बिरुवा उत्पादन को चराणमा रहेको यस कृषी फारम ले बिगत ५ बर्ष देखी ब्यबसाहिक कफी खेती गर्दै आयको छ ।
   कफी खेती को प्रचुर सम्भाबना रहेको धनकुटामा सरकारी निकायको कुनै ध्यान जान सकेको छैन । डि एस एग्रो इड्र्स्ट्री धनकुटा ले आफ्नै बल बुता बाट कारीब १० हजार कफिका बिरुवा रोपेको छ ।यस बर्ष बाट सामन्य उत्पादन सुरु भयको कफी फर्म मा कफी को लागी  चहिने छाय को लागी रुद्रक्ष का बोट र एवोकडो को बोट समेत लगायको छ । सरकारी सहयोग बिना तयार भयको यो फर्म मा सरकारको सहयोग रहेमा यस्लाई बिस्तार गरी नमुना कृषी फर्म को रुपमा बिकास गरी बिदेशी रुपैया आर्जन गर्न र बेरोजगार युवा लाई रोजगारी दिन सकिने फर्म सन्चालक श्री डिल्लिश्वर दर्नाल को बिस्वास रहेको छ । 








Friday, November 16, 2018

डि एस एग्रो इन्ड्रस्ट्रीज - धनकुटा


कफी दिवसको शुभ अवसरमा सम्पूर्ण नेपाली कफी उत्पादक किसान दाजु भाई तथा दिदि बहिनी हरुमा हार्दिक शभकामना |

आज १४ औ कफी दिवस
===============
आज २०७५ मङ्सिर १ गते १४औँ संस्करण को कफी दिवस |नेपाल कफी पर्याप्त उत्पादन र निर्यातको ठूलो सम्भावना बोकेका देश हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाए अनुसार नेपालभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको जनाएको छ । अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि हाल करीब चार प्रतिशत क्षेत्रमा मात्र कफी उत्पादन भइरहेको देखिन्छ । हाल कफीको कूल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ ।
नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ | तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रु नौ करोड ३७ लाख बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु ६ करोड ५९ लाख बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको देखिन्छ |
गत वर्षको तुलनामा कफीको आयात करीब ६४ प्रतिशतले बढेको छ भने निर्यात करीब ११ प्रतिशतले घटेको छ | यसको मतलब नेपाली कफी नेपाली बजार मै खपत भै राखेको मान्न सकिन्छ |नेपाली कफी विभिन्न १० कम्पनीले नेपाली कफी ब्रान्डिङ गरेर बिक्री गर्दै आईरहेको छ ।
नेपालमा पहिलो पटक १९९५ सालमा एक सन्यासी हीरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा गुल्मीको आँपचौरमा लगाइएको थियो । त्यसयता विकसित हुँदै गएको कफीखेती विस्तार हुँदै यसले व्यावसायिक रुप लिँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोन क्षेत्रको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ ।










































कफी दिवसको आजको दिनको शुभ अवसर सम्पूर्ण नेपाली कफी उत्पादक किसान दाजु भाई तथा दिदि बहिनी हरुमा हार्दिक शभकामना |
l8NnLZj/ bgf{n
k|d'vsf] – l8=P;=Pu|f] O{08li6«h धनकुटा 

आज २०७५ मङ्सिर १ गते १४औँ संस्करण को कफी दिवस |





Wednesday, January 17, 2018

अर्गानिक कफि फर्म उद्घाटन


डि एस एग्राे ईन्डष्टिज काे अर्गानिक कफि फर्म उद्घाटन



५००० कफिका बाेट र ७०००० कफि का बिरुवा उत्पादन गर्दै अायकाे अर्गानिक कफि फर्म अाज धनकुटा नगरपालिका २ भिरगाउमा धनकुटा नगरपालिका का मेयर चिन्तन तामाङले एक समारोहबीच अर्गानिक कफि तथा कृषि फर्म काे उद्घाटन गर्नु भयाे २०७० सालमा दर्ता गरिएको डि एस एग्राे ईन्डष्टिज ले ३ बर्ष देखि कफि खेती गर्दै अाएकाे छ । उक्त कार्यक्रम फर्म का संचालक डिल्लिश्वर दर्नाल ले संचालन गर्नुभयो ।

डि एस एग्राे ईन्डष्टिज काे अर्गानिक कफि फर्म उद्घाटन

धनकुटा नगरपालिका २ भिरगाउमा धनकुटा नगरपालिका का मेयर चिन्तन तामाङले एक समारोहबीच अर्गानिक कफि तथा कृषि फर्म काे उद्घाटन गर्नु भयाे ५००० कफिका बाेट र ७०००० कफि का बिरुवा उत्पादन गर्दै २०७० सालमा दर्ता गरिएको डि एस एग्राे ईन्डष्टिज ले ३ बर्ष देखि कफि खेती गर्दै अाएकाे छ । उक्त कार्यक्रम फर्म का संचालक डिल्लिश्वर दर्नाल ले संचालन गर्नुभयो ।

Tuesday, October 31, 2017

कफी खेती

नेपालको निर्यातयोग्य वस्तुको सूचीमा रहेको कफी उत्पादन तथा प्रवद्र्धनका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयोजननमा आयोजित कार्यशालामा सरोकारवालाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । करिब ८० वर्ष पुरानो रहेको मानिएको कफी क्षेत्रको विकासको गति सुस्त रहेको निष्कर्ष निकाल्दै सरकारी निकाय, सहकारी क्षेत्र, विकासे संस्था, निजी क्षेत्र र किसानसमेतले सामूहिक रूपमा कफी विकासमा समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
ललितपुरमा आयोजित ‘कफी क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको राष्ट्रिय कार्यशाला’ पछि सरोकारवालाले स्वदेशी तथा विदेशी गैरसरकारी संस्थालगायतका सरोकारवालाले मोटो रकम आ–आफ्नै हिसाबले खर्च गरे पनि खास नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै कार्यक्रम नदोहोरिने गरी समन्वयमा कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
दुई महिनाअघि बोर्डले सरोकारवालाको बैठक राखेर बृहत् कार्यशाला गरेर समस्या समाधानको बाटो पहिल्याउने निर्णय गरेको थियो । “३८ वर्षदेखि हामीले कफी क्षेत्रको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं, तर उत्पादनको वृद्धिको गति हेर्दा चित्तबुझ्दो पाएनौं,” हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालका नेपाल निर्देशक डा. भरत पोख्रेलले भने, “यस क्षेत्रमा अन्य विकास साझेदारको हालका दिनमा मात्र चासो बढेको छ, सरोकारवाला आपसमा सहकार्य गरेर जानुपर्छ भन्नेमा प्रतिबद्ध छु ।” कृषि, वन, पशुपन्छी, सिँचाइ जस्ता क्षेत्रको एउटै सरकारी संयन्त्र नहुँदा कफी क्षेत्रको आशातित विकास नभएको उनको निष्कर्ष छ ।कृषि विकास मन्त्रालयका सहसचिव सुरेसबाबु तिवारीले कफी क्षेत्रको विकासमा नीति निर्माण तथा नीति परिमार्जनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफी क्षेत्रको विकासमा दर्जनौ विकासे संस्था र सयौं सहकारी तथा निजी कम्पनी तथा किसान छरिएर काम गरिरहेको बताए ।
“सबैले आफ्नो तरिकाले काम गर्ने र आपसी समन्वय नगरी काम गर्दा नतिजाउन्मुख नभएको हाम्रो निष्कर्ष छ,” उनले थपे, “यस्तै समस्या समाधान गर्न सरोकारवाला एक ठाउँमा भेला भई प्रतिबद्ध भएका हौं ।” युरोपियन युनियनका कार्यक्रम संयोजक मीन हमालले हालको उत्पादनलाई छोटो समयमा दोब्बर–तेब्बर बनाएर लैजानुपर्ने आवश्यक रहेको भन्दै कफी क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा लुचरन वल्र्ड रिलिफका नेपाल निर्देशक किरण ओझाले कफी क्षेत्रको विकासमा सरोकारवालाको प्रतिबद्धताले थप फड्को मार्ने बताए । “सरोकारवालामा वित्तीय क्षेत्र पनि ठूलो निकाय हो,” उनले भने, “वित्तीय संस्थाले यस क्षेत्रमा लगानी बढाउँदै लैजादा थप सहयोग हुनसक्छ ।”
बोर्डका अनुसार हाल २ हजार ६ सय १८ हेक्टरमा कफी रोपिएको छ भने कुल ४ सय ३४ टन वार्षिक उत्पादन छ । कफी निर्यातबाट वार्षिक १० करोड बराबरको विदेशी मुद्रा आर्जन भइरहेको छ भने वार्षिक साढे पाँच करोड रकम बराबरको कफी आयात हुँदै गरेको छ ।

कफी खेती




धनकुटामा कफी खेती को सम्भावना र अवस्था

डि एस एग्रो इड्र्स्ट्रीज धनकुटा ले कफी ब्यबसाय लाई ब्यबस्थित गर्ने सन्धर्वमा कफिका बेर्ना तयार गरेको छ । कारीब १ लाख बिरुवा उत्पादन को चराण...